Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक सय ५० किलो गाँजासहित दुईजना पक्राऊ

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

एक सय ५० किलो गाँजासहित दुईजना पक्राऊ

महोत्तरीबाट १ सय ५० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेहरुमा धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारी रहेको प्रहरीले जनाएको छ ।  

महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट प्रहरीले उनिहरुलाई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिएका छन् ।पक्राउ परेका उनीहरु बा. प्र. ०१–०२६ च १३३६ नम्बरको पिकअपको चालक र सहचालक रहेको बताईएको छ ।

उनीहरुलाई पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको थियो । गाँजासहित पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।