Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कैलाली कारागारमा एक कैदीको मृत्यु

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

कैलाली कारागारमा एक कैदीको मृत्यु

कैलालीमा हाडनाता करणी मुद्दामा कारागारमा रहेका एक जनाकाे मृत्यु भएकाे छ । कारागारका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दीपक विकको सोमबार मृत्यु भएको हो ।  

साेमबार दिउँसो साढे ३ बजेको समयमा शौचालयमा लडेको अवस्थामा भेटिएका विककाे उपचारका क्रममा मृत्यु भएको बताइएकाे छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियाे ।

विककाे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । मृतक विककाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।