Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपत्यकामा सार्वजनिक विदा

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

उपत्यकामा सार्वजनिक विदा

उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइने भएकाले सार्वजनिक विदा दिइएकाे छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाउन लागिएकाले उपत्यकामा सार्वजनिक विदा दिइएकाे हाे ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइने गरिएकाे छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन रहेकाे छ ।

धुमधामका साथ मनाइने यस पर्वमा भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा गर्ने र शत्रु पराजय भएकाे खुशियालीमा विजय मनाउने पर्वका रुपमा समेत इन्द्रजात्रा मनाउने गरिएको धार्मिक विस्वास रहेकाे पाइन्छ ।

इन्द्रजात्रा पर्वकाे उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।