Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रामप्रसाद सापकोटाको आधा शताब्दी

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

रामप्रसाद सापकोटाको आधा शताब्दी

-जयराम बिडारी - - - - 

भाद्र २९, तनहुँ ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ साहित्यकार लेखकहरुको चितीखोला भ्रमणका क्रममा रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘’आधा शताब्दीमाथि’’ विशद परिचर्चा सम्पन गरिएको छ । उक्त कार्यक्रमका लेखक,साहित्यकार, तथा पत्रकारहरुको एक दर्जन टोली शुक्रवार भानु नगरपालिका ९ चितीखोला तनहुँस्थित हिमालयन फार्मस्टे पुगेर स्थानीय सांस्कृतिक कार्यक्रममा सरीक भई शनिवार सो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका शिद्दलेक गा.पा.अध्यक्ष परशुराम खतिवडाले लेखक साहित्यकारको टोलीलाई आफ्नो गा. पा. मा स्वागतका लागि आतुर रहेको बताए । आफू स्वयं पनि पर्यटन क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्दै उनले साहित्यकार लेखकहरुका यस्ता भ्रमणले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि कोशे ढुङ्गा सावित हुने उलेख गरे । सो अवसरमा डा.विन्दु शर्माद्वारा ’’आधा शताब्दी’’ कृतिमाथि समीक्षा गरिएको थियो । समीक्षाका क्रममा सापकोटाद्वारा लिखित पुस्तकले पर्यटन प्रवर्द्धनका लागि उपयोगी रहने ,आर्थिक समृद्धिको बलियो आधार पर्यटन,हर्क गुरुङ मोडलमा लेखनको इमान्दारिता रहेको,सरल सहज साथै समाजसेवी चरित्रको रुपमा लेखिएको उल्लेख गर्दै कृति सफलताको शुभकामना व्यक्त गरिएको थियो । यसैक्रममा अर्का चर्चित समीक्षक राजकुमार बानियाँले पर्यटनका क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील रहि सफल पर्यटन व्यवसायीका रुपमा परिचित रामप्रसाद सापकोटा लेखनका क्षेत्रमा समेत नवीन परिचय निर्माण गर्ने क्रममा आधा शताब्दी नामक संस्मरण लिएर देखा परेका बताए । यात्रा संयोजक तथा चर्चित नियात्राकार एवं सफल पर्यटन व्यवसायी राजेन्द्रमान डङ्गोलद्वारा कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै लेखक सापकोटाका बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए । लेखकलाई शुभकामना दिने क्रममा पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले पर्यटन क्षेत्रमा देखेभोगेका अनुभूतिलाई समाविष्ट गर्दै सुन्दर संस्मरण निर्माण गरेकामा समकालीन मित्र सापकोटालाई बधाई दिंदै सफलको शुभकामना व्यक्त गरे । उनले राजनीतिमा स्वच्छता आए मात्र विकास, निर्माणका काम सम्भव हुने उल्लेख गर्दै राजनीति स्वच्छ हुनुपर्नेमा जोड दिए । यसैक्रममा हिमालयन फार्मस्टेका प्रवन्ध सञ्चालक गीता अधिकारीले शहरको एकखालको भौतिक सुख सुविधालाई परित्याग गरी गाउँ फर्किएर कृषि क्रान्तिमा होमिएको बताइन् । उनले स्थानीय पर्यटन प्रवर्द्धनमा आफ्नो गाउँको प्रचार प्रसारका लागि बिशौं वर्षदेखि बाँझो रहेको पैत्रिक सम्पत्तिको रुपमा रहेको जमीनमा गरेको संघर्षको कथा सुनाउँदै यत्ति धेरै साहित्यकार, लेखहरुको उपस्थितिले आफू चिप्लिएर लड्दाको चोटको पुरस्कार प्राप्त गर्ने अवसरका रुपमा साहित्यकारहरुलाई स्वागत गर्न पाएकोमा आभारी रहेको बताइन् । सोही अवसरमा स्थानीय जनसेवी राजेन्द्रदेव पाण्डेले सामान्य तह देखि सुरु गरिएको सरकारी सेवामा उच्च तहसम्म पुग्न सफल हुँदा समेत अवकाश पछिको जीवनको सहजतामा कुनै समस्या नहुने यथार्थ रहँदारहँदै पनि स्थानीय जनमानसमा उद्यमशीलता अभिवृद्धि बढाउनका लागि भौतिक सुख सुविधा त्यागेरै पनि गाउँमै केही गरौं भन्ने उद्देश्यले होम स्टे सञ्चालनको निर्णय गरिएको बताए । उक्त अवसरमा पर्यटन व्यवसायमा संलग्न आफ्ना मित्र रामप्रसाद सापकोटा ‘आधा शताब्दी’ संस्मरण मार्फत उदीयमान लेखकका रुपमा आएकामा खुशी व्यक्त गर्दै बरिष्ठ पर्यटन व्यवसायी राजेन्द्र सुवेदीले कृति सफलताको शुभकामना व्यक्त गरे । यसैक्रममा कृतिकार रामप्रसाद सापकोटाले आफू खासमा लेखनकर्ममा बामे सर्ने क्रममा रहेको भएपनि जीवन भोगाईका आरोह अवरोहलाई समाजको लागि उपयोगी हुने लागेर जनमानसका लागि आफ्ना निजी अनुभव प्रस्तुत गर्दा यदि समाज र सम्बन्धित क्षेत्रलाई थोरै भए पनि लाभ हुन्छ भने किन नगर्ने भन्ने सदाशयका साथ लेखिएको बताए । बोल्नुपर्ने सबैजसो कुरा आफूले कृतिमै उल्लेख गरिसकेको भन्दै कृतिमा वर्णित अनुभवमा कुनै छलछाम नगरिएको बताए भानु नगरपालिका ९ का वडाध्यक्ष मीनबहादुर गुरुङले अध्यक्षता गरेका उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै आफू पनि लामै समय प्रवासमा भासिएर गाउँमै केही गर्नुपर्छ भन्ने चेतले फर्किएको र शहरको सुख सुविधा त्यागेर घरवास (होम स्टे) कार्यक्रम सञ्चालन गर्ने व्यवसायी गीता अधिकारीको कार्यक्रममा समानता रहेको बताए । गीता अधिकारी र जनसेवी राजेन्द्रदेव पाण्डेले बारीको झाडी फाँडेर सुन्दर सम्रचना निर्माण गरे जस्तै आफूले पनि राजनीतिको झाडी फाँड्ने प्रयास गरिरहेको गुरुङले बताए । उनले आफ्नो स्थानीय क्षेत्रको प्रचार प्रशारमा साहित्यकारहरुको सार्थक लेखन प्रयासमा वडाको तर्फबाट पुस्तक प्रकाशनका लागि सक्दो योगदान पुर्याउने समेत उल्लेख गरे । उक्त कार्यक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, प्रभा बराल,पार्वती भट्ट, राजेन्द्रमान डङ्गोल, नवीन पल्लव,रामप्रसाद सापकोटा, माधव घिमिरे ‘अटल’ जयराम बिडारीलगायत एक दर्जन स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गरेका थिए । नागार्जुन वाङ्मय प्रतिष्ठानका सचिव तथा सम्पादक समिक्षक माधव घिमिरे ‘अटल’ले सहजीकरण गरेको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको थियो ।