Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालन

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

आजदेखि मनकामना केबलकार ‘डिजिटल’ प्रविधिमा सञ्चालन

नेपालको पहिलो ‘केबलकार’ मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने भएकाे छ । गत असार ३१ गतेदेखि स्तरोन्नति र मर्मतका लागि बन्द गरिएकाे केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा पुनः सञ्चालन हुने भएकाे हाे ।

यसअघि २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् ।

अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएसंगै अब मनकमना ‘केबलकार’ ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने भएकाे हाे । मनकमना दर्शन प्रालिले विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याएको थियाे ।

चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसदेखि गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीकाे सहजताका लागि मनकमना ‘केबलकार’ सञ्चालन हुँदै आएकाे थियाे ।