Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दलितलाई खै ? दलितलाई खै ?

०१ मंगलबार , आश्विन २०८१एक महिना अगाडि

दलितलाई खै ? दलितलाई खै ?

दलितलाई खै, दलितलाई कानुन न्याय खै, दलितलाई मन्त्री खै ? यही नाराका साथ दलित समुदायले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् ।
दलित समुदायले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले दमन पनि गरेको थियो । अर्धनग्न जुलुस माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको थियो ।
संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले कार्यान्वयन नगरेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारको नेतृत्वमा शनिबार युवाले अर्धनग्न प्रदर्शन गरेका हुन् । स्मरणीय छ, ३८ दिनदेखि हात, खुट्टा र घाटीमा नेल लगाएर काठमाडौंको माइतीघरमा निरन्तर धर्ना दिइरहेका दलितको समर्थनमा उत्रिएका युवा समूहले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा ‘संविधान बन्यो दलितलाई खै ?’, ‘लोकतन्त्र आयो दलितलाई खै ?’ जस्ता स्वभाविक प्रश्नसहितको नारा लगाइएको थियो । यति गर्दा पनि सरकारले दलितको आवाज र अपेक्षालाई सुनेको नसुन्यै गरेको छ ।