Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बिल नभएका सामान जफत

३१ सोमबार , भाद्र २०८१२ बर्ष अगाडि

बिल नभएका सामान जफत

काठमाडौँ । नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय रुपैयाँ बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ । काठमाडौं छिर्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले सामग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
गत शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँच गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताएका छन् ।