Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कालापानी भारतकै हो त माधव नेपालजी ?

३१ सोमबार , भाद्र २०८१एक महिना अगाडि

कालापानी भारतकै हो त माधव नेपालजी ?

काठमाडौँ । नेकपा स का सांसद मेटमणि चौधरीले कालापानी क्षेत्र भारतको हो भनेर संसदमै बोलेका छन् । उनले यसो बोलेपछि नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखसँग माग गरेका छन् । एमालेका सांसदले कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिने मेटमणि चौधरीको अभिव्यक्ति संविधानविपरित गम्भीर राष्ट्रघात भएको हो, उनलाई तत्काल देशद्रोहको मुद्दा लगाउन भनिएको छ । अध्यक्ष माधव कुमार नेपालले कालापानी नेपालको भू–भाग होइन भनेर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको नाटक मञ्चन भएको छ । स्मरणीय छ, पार्टीका उपाध्यक्ष चौधरीले अध्यक्षकै इसारामा बोलेको बिश्लेषण भइरहेको छ ।