Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिनियाँ रेल नेपालको सिमानै छेउ

२८ शुक्रबार , भाद्र २०८१एक महिना अगाडि

चिनियाँ रेल नेपालको सिमानै छेउ

सामान बोकेको चिनियाँ रेल नेपालको सीमा नजिकै आउन थालेको छ । चीनसँग व्यापार गर्ने नेपाली व्यवसायी र चीनका निर्यातकर्ता तथा चेम्बरको सहयोगमा तिब्बतको सिगात्सेसम्म नेपाल आयात हुने सामान बोकेर रेल आउन सुरु भएको हो । रेलले ल्याएका सामानहरु नेपालतिर आउन थालिसकेका छन् । रेलसेवा सुरु भएपछि नेपाल चाइना चेम्बर अफ कमर्स यिवुका प्रतिनिधि विष्णु दुमरूलगायत नेपाली व्यापारीहरु खुशी भएका छन् । नेपाल चेम्बर अफ कमर्स पूर्वी चाइना प्रतिनिधि राजकुमार खड्काले बताए– यसलाई निरन्तरता दिन सकिएको अवस्थामा आगामी दिनमा निकै ठूला, गह्रौं र फुट्ने सामान रेलबाट सजिलैसँग लैजान सकिने छ । सामान पुग्ने समय पनि दुइ तिहाइले बचत हुनेछ । दुई देशबीच प्रत्यक्ष व्यापार गर्दा तेस्रो देशको भूगोल उपयोग गर्नुपर्नेछैन । अब दक्षिणी नाकाबन्दीले पनि कुनै असर गर्नेछैन ।
चीनविज्ञहरु भन्दैछन्– यसैबीच नेपालको कोदारी र रसुवागढीबाट नजिकै रहेको रिकाजेमा चीनले तिब्बतको सबैभन्दा ठूलो सुख्खा बन्दरगाह बनाएपछि नेपाल हुँदै दक्षिण एसियाको व्यापारमा प्रमुख योगदान पुग्ने देखिएको छ । यसले चीनसँग नेपाल र दक्षिण एसियालाई व्यापारिक मार्गमा जोड्न विशेष योगदान पुग्ने अवस्था बन्द गएको छ ।