Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमाथि मोदीले भाजो हाले

२५ मंगलबार , भाद्र २०८१एक महिना अगाडि

नेपालमाथि मोदीले भाजो हाले

भारतले माथिल्लो अरूण जलविद्युत आयोजनामा ऋण नदिनु भनेर पत्र लेखेपछि विश्व बैंक माथिल्लो अरूण आयोजना असरल्ल हुनपुगेको छ । गत वैशाखमा नेपालले वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलन गरेको थियो, त्यही सम्मेलनमा विश्व बैंकले १०६३ मेगावाटको माथिल्लो अरूण आयोजनामा सहुलियतपूर्ण ऋण लगानी गर्ने प्रतिबद्धता गरेको थियो । जेठमा सहमति पनि भइसकेको थियो ।
त्यसपछि विश्व बैंक अध्यक्ष नै नेपाल आउने र ऋण सम्झौता हुने कार्यक्रम थियो, यही कार्यक्रमलाई भारतले कूटनीतिक लविङ गरेर नेपालसँग माथिल्लो अरूण आयोजनालाई तत्काल ऋण सम्झौता नगर्न विश्वबैंकलाई पत्राचार नै गरेको खुलेको छ ।
भारतको भित्री मनसाय कोशी हाइड्याम र भारतको नदी जडान आयोजना हो । त्यसमा खलल पुग्ने र नेपालका जलविद्युत आयोजना भारतीय ठेकेदारलाई नै दिनुपर्ने र भारतको स्वार्थअनुकूल नेपालका नदी र पानीको उपयोग गर्ने कुत्सित मनसाय फेरि एकपल्ट उजागर हुनपुगेको छ । (छिमेकी) नेबर फस्ट भनेर नथाक्ने भारतले नेपालमाथि अर्को हस्तक्षेप र स्वराजमाथि अतिक्रमण गर्न पुगेको छ ।
विश्व बैंकसँग सहमति नै भइसकेको विषयमा भारतले यसरी भाँजो हालेको विषयमा नेपाल सरकार बोलेको छैन । विश्व बैंकले भारतलाई खुशी पार्नकै लागि नेपालको तैयारी नपुगेको अल्झो झिकेको छ । भारतीय चासोका कारण नै विश्व बैंक पछि हटेको खुलस्त भइसकेको छ । स्मरणीय के पनि छ भने विश्व बैंकको नेतृत्वमा २०२३ जुन देखि भारतीय मूलका अजय बंगा नै छन् । भारतले तल्लो तटीय अधिकारको दावी पनि गरेको छ र नेपालको जलविद्युत विकासलाई अवरूद्ध पार्न सफल भएको छ ।
नेपालले खोजेको ऋण हो । विश्व बैंक दिन पनि तैयार भइसकेको हो । भारतले यसरी नेपाली पानीमा पत्र नै पठाएर हस्तक्षेप गर्न मिल्दैन । नेपालले यो आयोजना, भारतको हस्तक्षेप र नेपाली जलविद्युत विकासका सन्दर्भमा राष्ट्रिय बहस चलाउन जरूरी छ ।
भारतले भारतले अरूण तेस्रो, अरूण चौथो, तल्लो अरूण पनि लिइसकेको छ । अब माथिल्लो अरूण पनि हत्याउने भारतको प्रयास हो यो । विश्व बैंक पछि हटेपछि यो आयोजना भारतले लिने निश्चितजस्तै छ, यसकारण पनि नेपाली पक्षले मुख नखोलेको हो ।
यो आयोजनामा नेपालको विश्व बैंकको ऋण, स्वदेशी बैंक लगानी गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजीबाट वित्तीय व्यवस्थापन गर्ने तयारी थियो । यो तैयारीलाई भारतले असफल पारिदिएको छ । यो आयोजना पनि अब भारतकै हिल्ला लगाउन नेपाललाई बाध्य पारिदैछ । स्रोत भन्छ, यो आयोजना हत्याउन भारत सरकारको सतलज जलविद्युत् निगम अग्रसर भएको छ । सकृयता देखाएको छ ।
भारतको यही सरकारी कम्पनीले ९०० मेगावाटको अरूण तेस्रो, ४९० मेगावाट क्षमताको अरूण चौथो, ६७९ मेगावाट क्षमताको तल्लो अरूण आयोजना कब्जा गरिसकेको छ ।
माथिल्लो अरूण पनि त्यही बेसिनको भएको, निर्माण सजिलो र प्रसारण लाइनको समस्या पनि नहुने आयोजना हो । सजलजका प्रतिनिधि भन्छन्– यो आयोजना हामीले नै पाउनुपर्छ, हामी नै बनाउँछौं । माथिल्लो अरूण आयोजना प्रमुख फडिन्द्रराज जोशी सबै पूर्वाधार कार्य सम्पन्न भई आयोजना निर्माणका लागि बित्तीय व्यवस्थापनको पर्खाइमा रहेको लामो समय भइसक्यो । उनी भन्छन्– विश्व बैंक पछि हट्यो भने नेपालले आफ्नै स्रोत जुटाएर निर्माण गर्नुपर्छ ।
के हो माथिल्लो अरूण ?
संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने माथिल्लो अरूण हालसम्मकै ठूलो १,०६३ मेगावाटको अर्धजलाशययुक्त आयोजना हो । यो आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनसक्नेछ । आयोजना सम्पन्न गर्न ५ वर्ष लाग्ने अनुमान छ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा हत्याइसकेपछि पनि सीमा अतिक्रमण जारी छ, भारतले अति गर्न थाल्यो है ।