Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

जानुअघि चीनको खबरदारी

१७ सोमबार , फाल्गुण २०७२११ बर्ष अगाडि

मार्च महिनामा हुने चिनियाँ उत्सवमा बिघ्न नआओस् भन्ने बहानामा चीनले सुरक्षा महानिर्देशक ल्यू गोआङ्यानलाई नेपाल पठायो र सेना, सशस्त्र, नेपाल प्रहरी, परराष्ट्र र राष्ट्रिय अनुसन्धान र गृहमन्त्रालयका पदाधिकारीलाई राखेर भन्यो– नेपालमा पश्चिमा चीनविरोधी गतिविधि बढ्यो, पुननिर्माणका नाममा पश्चिमाले चीन टुक्य्राउनेसम्मका गतिविधि गरिरहेका छन्, दलाई लामाको विद्रोहले टाउको उठायो, त्यसलाई नियन्त्रण गर्नोस्। नियन्त्रणका लागि चाहिन्छ भने सहयोगी भूमिका निभाउन चीन तैयार छ। चीनको खबरदारी सुनेपछि नेपाली पक्ष सनन्न भउको छ। चीनले अहिलेसम्म शान्त कूटनीतिक वार्ता गर्दै आएको थियो, यसपटक कडा रुपमा प्रस्तुत भएको छ। राजदूत ऊचुन्ताईसहितका ११ जनाको चीनको टोलीले विशेष सजग नहुने हो भने नेपाली भूमि चीनविरुद्ध प्रयोग हुने जानकारी हामीसँग छ समेत भनेको छ।

भन्नलाई त नेपाली भूमि कसैका प्रति उपयोग हुन नदिने कुरा ओलीले भारतमा भने, सुरक्षा निकायले नेपाली भूमि कसैको गतिविधिमा संलग्न हुन नदिने दोहोर्‍याएका छन् तर चीन नेपालको कोरा गफमा फस्ने र विश्वास गर्न तैयार देखिन्न यसपटक। भनिन्छ, फ्रितिब्बत चाहनेहरुले यही मार्च महिनामा नेपालमा ठूलै विद्रोह गरेर चीनलाई धक्का दिने योजना बनाइरहेका छन्। यही गोप्य जानकारी पाएर चीनले नेपाललाई खबरदारी गरेको हो। ओलीको चीन भ्रमण र चीनका राष्ट्रपति सीजीनपिङसँगको भेट हुनुअघि चीनले गरेको यो आपत्ति अर्थपूर्ण रुपमा लिइएको छ।