Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

थापाको हिन्दूवाद, बिप्लवको मार्चपास, महाभारत सुरु

१७ सोमबार , फाल्गुण २०७२९ बर्ष अगाडि

अर्जुनरथयात्रा गरेर संविधानसभामा शून्यबाट २४ सभासद जितेको राप्रपा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकारको दोस्रो बरियतासहितको परराष्ट्र मन्त्रालयसहित सम्हालिरहेको छ। यही राप्रपा नेपालले फेरि कम्मर कसेर हिन्दूवाद जगाउन जागरण अभियान सुरु गरेको छ।

अर्जुन रथयात्राका अर्जुन राप्रपा नेपालका अध्यक्ष कमल थापा सबैले देखेका छन् तर सारथी कृष्ण को हो? पूर्वराजा, भारतको हिन्दूवाद अथवा नेपाली हिन्दूजाति, स्पष्ट भइसकेको छैन। वीचमा संविधानको समर्थन गरेर सत्तामा पुगेको राप्रपा नेपालले किन फेरि हिन्दूजागरण अभियान थाल्यो, कतै प्रधानमन्त्री सम्हाल्ने अवसरका लागि त होइन? प्रचण्ड राष्ट्रिय सरकार भनिरहेका छन् र कमल थापा त्यसका लागि तैयार पनि छन्। अधिवेशनमा जुटेको कांग्रेसभित्र तिक्कता छ, अधिवेशनपछि त्यो तिक्तता मेटिन समय लाग्ने भएकाले संघीय गणतन्त्र नेपालको नेतृत्व हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र मूल एजेन्डा भएको राप्रपा नेपालले लिने अवसर नआउला भन्न सकिन्न। भनिन्छ, नदी र राजनीति सिधा चल्दैन, बग्दैन। पालोको हिसावले प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने हो, तर कमल थापाको भाग्य चम्केजस्तो छ।

हिन्दूराष्ट्र कायम गराउने मूल एजेन्डा लिएर राप्रपा नेपालले देशव्यापी हिन्दू जागरण अभियान सुरु गरेको छ। कञ्चनपुरमा अर्जुनरथ अर्थात हिन्दूरथयात्रा उद्घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले घोषणा गरेका छन्– हिन्दूराष्ट्र घोषणा गर्न पाउनु हाम्रो अधिकार हो। नेपालको गरिबी, अशिक्षालाई देखेर विदेशी षडयन्त्रबाट नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरिएको हो, त्यो हामीलाई मान्य छैन।

उपप्रधानमन्त्रीसमेत रहेका थापाको सिंह गर्जना छ– हिन्दूराष्ट्र हुने क्षमता हामीसित मात्रै छ, विश्वमा एकअर्व ८ करोड हिन्दू रहे पनि नेपालबाहेक कुनै हिन्दूराष्ट्र छैनन्। राप्रपा नेपालले गत संविधानसभाको चुनावअघि गाईको प्रतिमूर्तिसहितको अर्जुनरथयात्रा गरेको थियो, त्यो रथ कञ्चनपुरको भम्केनी धामलाई उपहार दिएका छन्। यसअघि इटहरिबाट हिन्दू जागरण अभियानको थालनी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजधानीमा एकलाख हिन्दूको जुलुस निस्कियो भने हिन्दूराज्य पुनर्स्थापना हुन्छ, राप्रपा नेपालले ५ लाख हिन्दू सडकमा उतारेर हिन्दूराष्ट्र फर्काउन हिन्दूत्व जागरण अभियान थालिएको बताएका छन्।

सडकमा लाखौं हिन्दू उत्रिए हिन्दूराज्य हुन्छ, भएन भने निर्वाचनबाट बहुमत ल्याएर हिन्दूराष्ट्र कायम गराउने योजना राप्रपा नेपालको छ भन्दै अध्यक्ष कमल थापाले हिन्दूत्वको भावनाकै कारण भारतमा भाजपा सरकार बन्यो, नेपालमा पनि त्यो सम्भव छ, सम्भव गराउनुपर्छ भन्दै ९३ प्रतिशत ऊँकार परिवारको मनबाट हिन्दूत्व  हटाएर  देखाउन् धार्मिक अतिक्रमणकारहीहरुले भनेर कडा चेतावनी र चुनाैति दिएका छन्। \u000a    राप्रपा नेपालले हिन्दूत्व र संवैधानिक राजतन्त्रलाई हतियार बनाएर सत्तामा पुगेको आरोपको खण्डन गर्दै भने ६ सय १ का सामु हामी २५ को केही लागेन। अद्यापि जनताको मनमा राप्रपा नेपालले हिन्दू संवेदनासँग खेलबाड गरेको आरोप लागिरहेकै छ। राप्रपा अध्यक्ष हिन्दूजागरण अभियान तीब्र बनिरहेका बेला फागुन २६ गते दिल्ली जाने भएका छन्। सत्तामा पुगेको डेढसय दिनमा उनको यो चौथो भ्रमण हुनेछ। धर्मगुरु रविशंकरले दिल्लीमा धर्मसभा गर्दैछन्। त्यही धर्मसभाको निम्तो मान्न कमल थापा दिल्ली जान लागेका हुन्। फागुन २७ गते दिल्लीमा ३५ लाख हिन्दूको जमघट हुनेछ।

बिप्लवको सडक आन्दोलन सुरु

विप्लवको नेकपा माओवादीले मेची–काली सडकमार्च गरेर आफ्नो शक्ति प्रदर्शन गर्ने निधो गरेका छन्। राष्ट्रिय युवा जनस्वयंसेवकका नाममा मार्चपास गराउने नारा छ– राष्ट्रियता जगाउने अभियान। फिदिमबाट सुरु भएको यो अभियान राष्ट्रघात, जनघात र भ्रष्टाचारविरुद्ध नागरिकलाई संचेतन जगाउन र आफ्नो पार्टीप्रति जनसमर्थन कायम गराउने उद्देश्य राखिएको छ। चैत १७ गते काठमाडौंमा समापन हुने यो विप्लवको सडकमार्चको अन्तिम दिन बिप्लवले राजधानीमा मानव सागर उराल्ने योजना बनाएको छ।

अहिलेसम्म विप्लव माओवादीलाई अन्डरस्टिमेट गर्ने गरिएको छ। प्रचण्डले समेत बैद्यमात्र होइन, मातृका, मणि र बिप्लवसमेत एकीकरणमा आउनेछन् भन्ने आशा गरेका र कम्युनिष्ट केन्द्र बनाउने उद्देश्य राखिरहेका बेलामा विप्लवले ३६ जिल्लामा जनसरकार बनाइसकेपछि मेची–काली सडकमार्च गरेर आफ्नो संगठानिक शक्ति प्रदर्शन गर्न लागेका हुन्।

पूर्व फिदिमबाट युवा किरण पोखरेल र पश्चिम बैतडीबाट युवती मिना चलाउनेले अभियान टोलीको नेतृत्व गरेको बताइएको छ। यो अभियानपूर्व विप्लव माओवादीले निष्कर्ष निकालेको छ– प्रधानमन्त्री ओलीले जतिसुकै राष्ट्रियताको कुरा गरे पनि छद्मरुपमा भारतको दलाली गरिरहेको छ। विप्लवले यो सडकमार्चलाई आफ्नो शक्ति देखाउने अवसर बनाएका छन्।