Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

जिब्रो थुत्ने प्रसङ्ग तात्तियो

२१ शुक्रबार , भाद्र २०८१११ दिन अगाडि

जिब्रो थुत्ने प्रसङ्ग तात्तियो

काठमाडौं । पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिमा आक्रोश पोखेको छ ।
मञ्चले विज्ञप्ति जारी गर्दै भाषिक अराजकता रहेको भन्दै मन्त्री गुरुङलाई कारबाही गर्न माग गरेको हो । 
पूर्व आइजीपी मञ्चले सञ्चार मन्त्तीलाई माफी माग्न र जिब्रो थुत्ने शब्द फिर्ता लिन आग्रह गरेका छन् । यसरी बोलेको विषयमा प्रम ओलीले समेत कुन प्रसङ्गमा यस्तो बोलेको भनेर सोधेका थिए । 
गतहप्ताको आइतवार पोखराको पत्रकारको प्रश्नमा सञ्चारमन्त्रीले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गर्दै आएको प्रसंगमा आईजीपीको  यह‘‘जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।