Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

तीज पर्व नाच्दै, पूजाआजा

२१ शुक्रबार , भाद्र २०८१११ दिन अगाडि

तीज पर्व नाच्दै, पूजाआजा

भदौ २१ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने आज महिलाको महान पर्व तीज । व्रतालु महिलाले शिव–पार्वतीको विशेष पूजा आराधना गरे परिवारमा सुख, शान्ति र कल्याण हुने विश्वास छ । सत्ययुगमा पार्वतीले महादेव स्वामी पाएकी कथा तीजसँग जोडिन्छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गर्ने चलन छ । तर सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रका जानकार भन्छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने बताइन्छ ।
अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने चलन छ । माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने चलन छ । तीजको अवसरमा नारीहरु वर्षदिनभरिको पीर व्यथा गीतमार्फत भन्छन् । तर आजकल तीज र गीत भड्किलो र अपसंस्कृत हुनथालेको छ ।