Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

जनता मार्दा हजार बक्सिस

१९ बुधबार , भाद्र २०८११३ दिन अगाडि

जनता मार्दा हजार बक्सिस

 हरि मञ्जुश्री -  -  -  -
जनता मार्दा सरकारबाट १ हजार रूपियाँ पुरस्कार — 
बडाहाकिम धैर्य शमशेरले डडेलधुराका भीमदत्त पन्तलाई गोली हानेर मारेका सिपाहीहरूलाई १ हजार रूपियाँ पुरस्कार दिएका रहेछन् । मार्न गएका २० जना सिपाहीमध्ये पहिलोपल्ट गोली हान्ने लालबहादुर थापालाई ५०० रूपियाँ दिएछन् र दोस्रोपल्ट गोली हान्ने तप्तबहादुर थापा र अरू १८ जनालाई ५ सय रूपियाँ दामासाहीले बाँडिदिएछन् । हम्जाली मगरको घरनेर गाईको गोठमा भीमदत्त पन्तलाई गोली हानेर मारिएको रहेछ । कसैकसैले चाहिँ उनलाई पक्रेपछि टाउको काटेर मारिएको भन्ने लेखेका छन् । उनी २०१० साल मङ्सिर १६ गते २८ वर्ष पुग्ने रहेछन्, तर साउन १७ गते नै मारिए । कसैकसैले साउन १० गते मारिएको लेखेका छन् । उनलाई पक्रिनेलाई १० हजार रूपियाँ (कसैकसैले ५ हजार रूपियाँ लेखेका छन्) पुरस्कार दिने घोषणा प्रधानसेनापति किरण शमशेरले गरेका रहेछन् । उनलाई सरकारले २०७२ फागुन १९ गते शहीदको मान्यता दिएछ ।