Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

एमसीसी कार्यान्वयनको वर्षदिन

१८ मंगलबार , भाद्र २०८११४ दिन अगाडि

एमसीसी कार्यान्वयनको वर्षदिन

एमसीसी कार्यान्वयनमा गएको वर्षदिन भयो । यसको अमेरिकाले समेत खुशी व्यक्त गरेको छ । यो खुशी नेपाल–एमसिएबीच १८ किलोमिटर सीमापार प्रसारण लाइनका लागि सम्झौता हुनु पनि हो । सम्झौताअनुसार २१ महिनाभित्र बर्दघाट–बुटवाल सबस्टेशनबाट नेपाल–भारत सीमासम्म प्रसारण लाइन निर्माण सम्पन्न हुनेछ । नेपालको विद्युत बिक्री गर्न यो महत्वपूर्ण ढोका हुनेछ ।
एमसिए–नेपाल कार्यकारी निर्देशक खड्गाबहादुर बिष्ट (दायाँ) र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वानखेडे वीच सम्झौता भएर पत्र आदानप्रदान गरिएको तस्वीर हो यो । एमसीए नेपालले यो सम्झौतालाई नयाँ माइलस्टोन भनेको छ । एमसीए नेपालको विज्ञप्तिमा भनिएको छ– यो सम्झौता नेपाल र भारतबीच क्षेत्रीय ऊर्जा व्यापार बढाउन सबै पक्षहरूको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
१२.३६ मलियन डलर मूल्यको ४०० केभी प्रशारण लाइनको ठेक्का सम्झौता हो यो । यो सम्झौता हुँदा एमसिए–नेपालका खड्गबहादुर बिष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका अमोल वानखेडे, अर्थ मन्त्रालय, विद्युत प्राधिकरण, एमसिसि पदाधिकारी सबैको उपस्थिति रहेको थियो । एमसिए नेपाल बोर्ड अध्यक्ष तथा अर्थका सचिव रामप्रसाद घिमिरेले यो तीन सबस्टेशन सम्झौता र ज्ञड किलोमिटर प्रसारण लाइन परियोजनाले नेपालको घरेलु ऊर्जा लक्ष्य हासिल गर्न र क्षेत्रीय ऊर्जा बजारमा नेपालको स्थिति सुदृढ पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङका अनुसार यो परियोजना एक महत्वपूर्ण लिंक हो जसले नेपालको ऊर्जा पूर्वाधार बढाउन मद्दत गर्नेछ । अब २९७ किलोमिटर प्रसारण लाइनको ठेक्का लगाउनु छ, यसको प्रकृया सुरू भएको छ ।