Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

अमेरिकाको अनुदान सैनिक सहयोग बढ्न थाल्यो

१८ मंगलबार , भाद्र २०८११४ दिन अगाडि

अमेरिकाको अनुदान सैनिक सहयोग बढ्न थाल्यो

ऋण होइन अनुदान नेपालको आवश्यकता हो । नेपालको पूर्वाधार विकास, भवितव्यमा राहत, प्रतिआतंकवादसँग लड्ने क्षमता बृद्धि, लोकतन्त्रमा विधि र सुशासन दिनका लागि समेत अनुदान चाहिएको छ ।
नेपालको उत्पादन शून्यजस्तै, निकास कम भएकाले ऋणभार २४ खर्ब नाघिसकेको छ । राजस्वको अधिकांश भाग दैनिक प्रशासनिक खर्च, ब्याज तिर्दैमा सकिने भएकाले विकास निर्माण साह्रै कछुवा गतिमा रहेको छ । यसकारण पनि नेपाललाई अनुदान सहयोगको खाँचो छ । पोखरा एयरपोर्ट ऋण तिर्न नसकेर नेपालले चीनसँग त्यो ऋणभार अनुदानमा बदल्न गरिदिन आग्रह गरेको छ ।
यसैवीच भदौ ३ गते अमेरिकाले नेपाली सेनालाई १० करोड डलर बराबरको दुई वटा जहाज (स्काई ट्रक ) र दुई वटा हेलिकोप्टर  मेलिट्री फाइनान्स अनुदान दिनेभएको छ । यसको घोषणा २ हप्ताअघि नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा श्रोतसम्बन्धी उपविदेशमन्त्री रिचाडै वर्माले गरेका हुन्, यो सहयोग विपद् र प्रतिकार्यका लागि अनुदान सहयोग भएको उनले बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा अमेरिकी उपमन्त्री वर्माले नेपाली सेनाको हवाई क्षमता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरव केसीले अमेरिकाले दुई वटा जहाज र दुई वटा वेल हेलिकोप्टर दिन लागेको जानकारी दिएका छन् । स्काई ट्रक पोलेण्ड र हेलिकोप्टर अमेरिकी ब्राण्डका हुनेछन् । जहाजले २३ सय किलो सामान र २१ यात्रु बोक्न सक्नेछ । हेलिकोप्टरले उद्दार पनि गर्नेछ ।
स्मरणीय छ, अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापन, प्रतिआतंक तालिम र प्रविधिमा सहयोग गर्दै आएको छ ।