Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपतिको श्री ३ बन्ने रहर

१४ शुक्रबार , भाद्र २०८११८ दिन अगाडि

राष्ट्रपतिको श्री ३ बन्ने रहर

राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थल पुगेर सार्वजनिक गुनासो सुन्ने निर्णय गरेका छन् ।
गौरा पर्वको अवसरमा टुँडिखेलको आयोजनामा पुरापुर सुृरक्षाका साथ गएका प्रम ओली र पूर्व प्रम देउवालाई हुटिङ गर्ने युवाहरुले राष्ट्रपति पौडेलको कुन हालत बनाउलान् ? कुनै विचारै नगरी राष्ट्रपतिले सार्वजनिक स्थलमा सार्वजनिक सुनवाई गर्ने राणाकालीन नजीरमा आफूलाई ढाल्ने प्रयास कतै बुमेर्‍याङ नहोस् भन्छन् बिश्लेषकहरु ।
आलोचकहरु त यो चार दिनको रहरमात्र पनि भन्न थालेका छन् ।
नागरिकसँग संवाद गर्नु, गुनासो सुन्नु राम्रो कुरा हो । तर यतिबेला पार्टी र पार्टी नेताहरुको जनविश्वासमाथि गरेको घातका कारण नागरिक संवादको मूडमा होइन, आक्रोशको मूडमा छन् ।
पहिलोपल्ट भक्तपुर दरवार स्क्वायर जाने राष्ट्रपतिको निर्णय छ ।
दरवार स्क्वायर त्यही ठाउँ हो जहाँ सिंगो भक्तपुरवासीले राजा आउ देश बचाउ भनेर नारा लगाएका थिए ।