Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

मिसन उपप्रमुख ज्यासोन कृषि मन्त्रालयमा

१४ शुक्रबार , भाद्र २०८११८ दिन अगाडि

मिसन उपप्रमुख ज्यासोन कृषि मन्त्रालयमा

अमेरिकी दूतावासका मिसन उपप्रमुख ज्यासोन मिक्सले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेटेवार्ता गरेका छन् ।
युएसएआईडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोको साथमा उपप्रमुख ज्यासोनले मन्त्रीसँग नेपाल र अमेरिकावीच आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा सहयोगी हात बढाएर अघि बढ्न चाहेको बताएका छन् ।
उपप्रमुख ज्यासोनले अमेरिकाले सन् १९५० को दशक देखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराउँदै यो सम्बन्ध अझ मजबुत पार्न चाहेको बताएपछि मन्त्री अधिकारीले आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोग गरिदिन आग्रह गरेको थाहा भएको छ । नेपालको कृषि विकासमा ठूलो लगानी आवश्यक रहेको बताउँदै युएसएआईडीको पहलमा अमेरिका सरकारबाट आवश्यक भूमिकाको प्रतिक्षा रहेको बताएका थिए ।
मन्त्री अधिकारीले यो दशकलाई नै नेपाल सरकारले कृषिमा लगानी दशक घोषणा गरेका बताए । सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख जानकारी पनि बताए । अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको एग्रिकल्चर ट्रान्सफरमेसन आयोजनाको आई एल हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको जनाउँदै मन्त्री अधिकारीले यस्तो समस्या सल्टाउनु पर्ने पनि बताएका छन् । मन्त्री अधिकारीले जनता जनतावीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको जानकारी पनि गराएका छन् ।
युएसएआईडी मिसन डाइरेक्टर डोनोहोले कृषिसहित नेपालको आर्थिक विकासमा अमेरिका सहकार्य गर्न तैयार रहेको बताएकी थिइन् ।