Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ललितपुर महानगर र कोरियावीच शिक्षा सम्झौता

१४ शुक्रबार , भाद्र २०८१२ महिना अगाडि

ललितपुर महानगर र कोरियावीच शिक्षा सम्झौता

भदौ १३ गते ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो प्रान्तमा रहेको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मेयर चिरीबाबू महर्जनसँगै कोरिया भ्रमणमा रहेको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङवीच सहमति भएको हो ।
मेयर महर्जनले खुशी व्यक्त गर्दै शिक्षा, खेलकुद र सांस्कृतिक आदानप्रदानमा सहकार्यको बाटो खुलेको बताएका छन् । चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले कोरिया र नेपालको सम्बन्धलाई थप बल मिलेको बताए ।
स्मरणीय छ, कोरियाको भगिनी नगर चेओरवन सहरको निमन्त्रणामा मेयर महर्जन र प्रमुख प्रशासकीय अधिकृत कोरिया भ्रमणमा छन्।