Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जापानले दियो ४२ करोड

१३ बिहिबार , भाद्र २०८१२ महिना अगाडि

जापानले दियो ४२ करोड

जापानले नेपाललाई ४२ करोड बराबरको छात्रबृत्ति दिने भएको छ । करिब ४२ करोड ३० लाख नेपाली रुपैयाँ (४५ करोड ४० लाख जापानी येन) को यो अनुदान सहयोग हो ।
यससम्बन्धी सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र जापान सरकारकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले सहमति गरेका छन् ।
यो सहयोगबाट सरकारका प्रतिस्पर्धि युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयहरूमा २ वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा ३ वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि १६५ लाई यस्तो अवसर दिइसकेको छ ।