Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

ब्राजिलमा १७६ जना अलपत्र

१३ बिहिबार , भाद्र २०८१२ बर्ष अगाडि

ब्राजिलमा १७६ जना अलपत्र

अवैध मार्गबाट ब्राजिल पुग्ने, शरणार्थी बन्ने अनि मेक्सिको हुँदै अमेरिका छिर्ने दाउ गरेर हिडेका १७६ जना नेपाली ब्राजिल एयरपोर्टको ट्रान्जिटमा अलपत्र परेका छन् । राजदूत भन्छन्– सहयोग मागेका छैनन्, मध्यस्थता गर्न तैयार छौं । अर्थात् दूतावास सकृय बनेको छैन । दूतावास भन्छ– तिनीहरु सकुसल छन् ।
ब्राजिल सरकारले खान दिएको छ, भिसा नभएकाले फर्काउने र आइन्दा बिना भिसा कसैलाई पनि ब्राजिल आउन नदिने बयान दिएको छ ।
समाचार अनुसार ८० लाखसम्म बुझाएर अवैध मार्गबाट अमेरिका हिडेकाहरु हुन् सबै । मानव तस्करको प्रलोभनमा उनीहरु असरल्ल हुनुपुगेका हुन् ।
तिनीहरुलाई कुन कुन मानव तस्कर संलग्न छन्, त्यसको छानबिन गर्न सरकार तैयार छैन, कारण तिनीहरु शक्तिशाली छन् । नेपाली युवाहरुले स्वदेशमै केही गरिखान नपाएपछि ज्यान धरापमा पारेर अवैध मार्गबाट यसरी हजारौं जान्छन्, कतिपय बीच बाटैमा मर्छन् । 
हालै ‘यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको र अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।’