Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विदेशका जेलमा हजारौं युवा

१३ बिहिबार , भाद्र २०८१२ महिना अगाडि

विदेशका जेलमा हजारौं युवा

साउदी जेलमा ६१५ जना छन्, १ महिनामै १६ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ । झण्डै १ ६५ देशमा पुगेका नेपालीहरु विदेशका जेलमा हजारौं भएको र कतिले अन्यायमै मर्नुपरेका घटना छन् । नेपाल सरकार आफ्ना नागरिकको स्थिति के छ ? कुनै तथ्याङ्क राख्दैन, अभिभावकीय दायित्व निर्वाह गर्न सक्दैन ।
अझ नेपाल सरकार युद्धरत मुलुक इजरायलमा केयरगिभरका नाममा हजारौंलाई पठाउने अन्तिम तैयारीमा जुटेको छ । स्वदेशमा गरिखान नपाएपछि युवाहरु रुस र युक्रेन दुबैतिरका सेनामा मात्र होइन, जुनसुकै युद्धग्रस्त क्षेत्रमा जान मरिहत्ते गरिरहेका छन् ।
भोक, घरपरिवारको दायित्व ज्यानभन्दा महत्वको हुनेरहेछ ।
कतिपय नेपालीले अनजानमा अपराध गरेका होलान्, कतिपयले बाध्यतामा । तिनलाई कानुनी उपचार दिने जिम्मा राज्यको हो । तिनले पठाएको रेमिटान्स, कर लिने राज्यले नागरिकको सुरक्षा हेर्नुपर्र्दैन ?
खासगरी खाडी मुलुकमा रोजगारीमा जाने नेपाली युवाको जीवन साह्रै कष्टकर र पीडादायक छ । सामान्य कुरामा पनि तिनीहरु जेल कोचिन्छन्, मर्छन्, मारिन्छन् । एउटा कम्पनीले तलव नदिएपछि अर्को कम्पनीमा जाँदा पनि जेल कोचिएका पनि छन् । कतिपय युवतीहरु बच्चा फाल्छन्, मारिन्छन्, कतिपयलाई बच्चा पाउने भएपछि नेपाल लघारिएका घटना पनि छन् । कतिपय कम्पनीले कामदारलाई पैसा दिनुप¥यो कि चोर भनेर पनि जेल कोचिदिन्छन् ।
नेपाल सरकार छ, छ भने कहाँ छ ?