Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ऋण मिनाह गर्नेतिर चीन

१० सोमबार , भाद्र २०८१२ महिना अगाडि

ऋण मिनाह गर्नेतिर चीन

चिनियाँ ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २ वर्षदेखि चल्न नसकेकाले नेपालले त्यो ऋणलाई अनुदानमा परिणत गरिदिन चीनलाई औपचारिक आग्रह गरेको छ । यसका साथै अर्थमन्त्री, चिनियाँ राजदूत र परराष्ट्र सचिवकै उपस्थितिमा नेपाल भ्रमणमा आएको चिनियाँ सिडकाका उपाध्यक्ष र अर्थसचिवले सहमति गरेर काठमाडौं चक्रपथको दोस्रो चरण, हिन्ल्सा–सिमिकोट सडकको स्तरोन्नति, अरनिको राजमार्गको स्तरोन्नति (चौथो चरण) र मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण लगायतका योजनामा हस्ताक्षर गरेका छन् । पोखरा विमानस्थलको निर्माण र यी सबै परियोजनालाई चिनियाँ राजदूतका अनुसार बीआरआईका नयाँ परियोजना हुन् ।
बीआरआईप्रति नेपाली कांग्रेस सकारात्मक छ, एमालेले सहमति गरेको छ । तर बीआरआई अन्तर्गतका कुन कुन परियोजना हुन्, नेपाल स्पष्ट छैन । ऋण नलिने अनुदान सहयोग लिने विषय बहसमा छ । तथापि चीनले सीमाका १४ जिल्लामा १५ नाका खोलिसकेको छ । नेपाललाई पारवहन सुविधा दिएको छ ।