Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शिक्षामन्त्रीले सार्वजनिक रुपैमै गृहमन्त्रीलाई गुहारेको किन ?

०६ बिहिबार , भाद्र २०८१२ बर्ष अगाडि

शिक्षामन्त्रीले सार्वजनिक रुपैमै गृहमन्त्रीलाई गुहारेको किन ?

शिक्षामन्त्रीले त्रिविमा सुरक्षा चाहियो भनेर गृहमन्त्रीलाई सार्वजनिक रुपमै गुहारेपछि कांग्रेस एमाले गठबन्धन सरकारमा ठाकठुक परेको अर्थ लगाइदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार बिहानै गृहमन्त्री रमेश लेखकको भूमिकाबारे पनि प्रश्न उठ्ने गरी सामाजिक सञ्जालबाट त्रिविको सुरक्षा दिन गुहारेपछि किन यतिबिघ्न खतरा, खतरा कसकसबाट हो भन्ने सम्मका प्रश्न उठेको छ ।
शिक्षामन्त्री एमालेकी हुन्, एमालेका अध्यक्ष ओली प्रधानमन्त्री छन् । फेरि किन क्याविनेटमा कुरा नउठाएर, प्रमलाई नभनेर सामाजिक सञ्जालबाट विवाद सार्वजनिक गरियो ? यो गम्भीर प्रश्न हो ।
गम्भीर प्रश्न के हो भने त्रिवि पदाधिकारीलाई मार्ने धम्की दिने को हो ? पदाधिकारीमाथि सांघातिक हमला गर्न खोजेको सवाल छ, यो सवालको जवाफ गृहमन्त्री रमेश लेखकले दिएका छैनन् । यद्यपि उनले बाक्लै प्रहरी सुरक्षा पठाएका छन् । प्रहरी पनि धम्क्याउने प्रति बोलेको छैन । शिक्षामन्त्रीले लेखेकी छिन्–‘‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ’, सहकुलपतिसमेत रहेकी उनले भनेकी थिइन्, ‘त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृहमन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’
त्रिविमा विभागीय प्रमुख नियुक्तमा नेविसंघको दावीपछि झगडा चर्केको बताइन्छ । यो झगडाले कांग्रेस एमाले गठबन्धन सरकारलाई समेत बाछिटाले हान्न थालेको छ । यतिबेला सुरक्षाको कारण देखाएर उपकूलपति बिरामी भएँ भनेर कार्यालय गएका छैनन् ।
आफ्नै विद्यार्थीबाट उपकूलपति रेक्टर रजिष्ट्रार असुरक्षित हुनु, प्रहरी सुरक्षामा बस्नपर्नु त्रिविको बेइज्जतिपूर्ण परिदृश्य हो ।
त्रिवि अव राजनीतिक कार्यकर्ता उत्पादन विश्वविद्यालयमा परिणत हुनपुगेको छ ।