Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

परराष्ट्रमन्त्री आरजु राणा भारत जाँदै

०२ आइतबार , भाद्र २०८१२ महिना अगाडि

परराष्ट्रमन्त्री आरजु राणा भारत जाँदै

आज पाँच दिने भारत भ्रमणका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत जाने भएकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले भदाै २ गतेदेखि भदाै ६ गतेसम्म भारत भ्रमण गर्न लागेकी हुन् ।

परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जान लागेकाे परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । त्यस्तै भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने पनि मन्त्रालयकाे सुचनामा उल्लेख गरिएकाे छ । भारतकाे पाँच दिने भ्रमण सकेर  परराष्ट्रमन्त्री राणा भदौ ६ गते नेपाल फर्किने कार्यक्रम रहेकाे छ ।