Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गैरहाजिर कर्मचारीलाई हाजिर हुन निर्देशन

३२ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

गैरहाजिर कर्मचारीलाई हाजिर हुन निर्देशन

नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय, विराटनगरमा कार्यरत सिनियर मिटर रिडर अस्मिता पोखरेललाई हाजिर हुन निर्देशन दिइएको छ । डेढ महिनादेखि बिना जानकारी गैरहाजिर रहेकी उनलाई कार्यालयले आज सार्वजनिक सूचना निकालेर हाजिर हुन आउन निर्देशन दिएको हो ।

गत असार १३ गतेसम्म बिदा स्वीकृत गराई बसेकी उनी असार १५ गतेदेखि कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म अनुपस्थित रहेको कार्यालयले जनाएको छ । ‘तपाईँ कार्यालयमा अनुपस्थित हुनुभएको मितिले ९० दिनभित्र स्वयं कार्यालयमा हाजिर हुन आउनुहोला,’ कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ ।

अन्यथा, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ (संशोधनसहित) को विनियम ८३ (३) बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।