Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाल टेलिकमको सेवा चार घण्टा प्रभावित हुने

३२ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

नेपाल टेलिकमको सेवा चार घण्टा प्रभावित हुने

नेपाल टेलिकमको विभिन्न सेवा चार घण्टा अवरुद्ध हुने भएको छ । टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो ।  

टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य गर्न लागिएकोले सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार उक्त प्रणालीको स्तरोन्नति कार्य साउन ३२ गते राति गरिने र सो क्रममा राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने पनि टेलिकमले जनाएको छ ।

‘नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि मिति २०८१/०४/३२ गते राति ११ बजेदेखि करिब ४ घण्टा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवाहरु प्रभावित हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।

यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै टेलिकमले सेवासम्बन्धी समस्याका लागि १४९८ र १९८ मा डायल गर्न पनि अनुरोध गरेको छ ।