Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

झन्डै ५ दर्जन हिमाल आरोहणका लागि खुलाउने तयारी

३२ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

झन्डै ५ दर्जन हिमाल आरोहणका लागि खुलाउने तयारी

झन्डै पाँच दर्जन नयाँ हिमाल आरोहणका लागि खुलाउने तयारी थालिएको छ । पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने तयारी थालिएको हो ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार नयाँ हिमाल आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको र मन्त्रिपरिषदले स्वीकृति दिएपछि नयाँ हिमाल आरोहणको बाटो खुला हुने बताईएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा समावेश कार्यक्रम अनुसार नेपाल-भारत तथा नेपाल-चीनसँग सिमाना जोडिएकासहित ५७ वटा हिमाल आरोहणका लागि खुला गर्न लागिएको विभागले जनाएको छ ।

नयाँ खुला गर्न लागिएका ५७ हिमालमध्ये ४६ वटा हिमाल चीनसँग, दुई हिमाल भारतसँग सिमाना जोडिएका र नौ वटा हिमाल सीमाभित्रका रहेको छ । आरोहणका लागि खुला गर्न लागिएका हिमालहरू ५ हजार ८ सय ७ देखि ६ हजार ८ सय ६८ मिटर उचाइसम्मका रहेका छन् ।

अहिले सरकारले आरोहणका लागि ४ सय १ हिमाल खुला गरेको भएपनि खुला गरिएका सबै हिमालमा आरोहण हुन सकेको छैन । पर्यटन विभाग र पर्वतारोहण संघले हिमाल आरोहणका लागि अनुमति दिँदै आएको छ ।