Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

घुससहित पक्राउ परेकी लेखा अधिकृतविरुद्ध मुद्दा

३२ शुक्रबार , श्रावण २०८१२ महिना अगाडि

घुससहित पक्राउ परेकी लेखा अधिकृतविरुद्ध मुद्दा

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुससहित पक्राउ परेकी कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

लेखा अधिकृत कोइरालाविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । आयोगको हेटौंडाबाट खटिएको टोलीले गत साउन ६ गते उनलाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा उनले विभिन्न बहाना बनाई गत आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालमा औषधी सप्लाई गरेबापत नियमअनुसार पाउनुपर्ने रकमको भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस  लिएको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।

कोइरालाले यसअघि पनि ती सेवाग्राहीसँग ४४ हजार र ६० हजार गरी १ लाख ४ हजार रुपैयाँ सापटीस्वरुप लिएकोमा दुई वर्षभन्दा बढी समय भइसक्दा समेत फिर्ता नगरेको समेत पाइएको अख्तियारले जनाएको छ ।

उनीविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम ७ लाख ४ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरेको हो ।