Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सार्क ब्यूँताउन असोज १० मा होला बैठक

३२ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

सार्क ब्यूँताउन असोज १० मा होला बैठक

साह्रै लाजमर्दो भएपछि सार्क महासचिवको पटक पटकको अनुरोधपछि परराष्ट्र मन्त्रालयले असोज १० मा हुने न्यूयोर्क बैठकमा सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकका लागि पहल सुरु गरेको छ । नेपालले जतिसुकै पहल गरे पनि जबसम्म भारत नरम हुँदैन, सार्कको बैठक अथवा शिखर सम्मेलन हुने सम्भावना छैन ।
भारत पाकिस्तानसँगको तनावकै कारण सार्कलाई मार्न चाहन्छ । यसैले भारतले बिमिस्टेकलाई सकृय पारेको छ ।
२०१४ मा नेपालमा सार्क सम्मेलन भएपछि नेपाल अध्यक्ष छ, अध्यक्षको नाताले नेपालले भारतकै दबाबका कारण सार्कको कुरा उठाउन सकेको थिएन ।
यतिबेला नेपालले सबै सार्क सदस्य राष्ट्रहरुलाई पत्राचार गरेर ७९औं राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा सार्क मन्त्रीस्तरीय बैठकका लागि आग्रह गरेको छ । भारतले अझे ग्रिन सिग्नल देखाएको छैन ।
यसकारण सार्कले पुनर्जिवन पाउला ? प्रश्न अनुत्तरित नै छ ।
परराष्ट्रले आधिकारिक रुपमा प्रस्ताव गरेको जनाएको छ । यही सन्दर्भमा गत मंगलवार परराष्ट्रमन्त्री डा.आरजु राणाले सार्क महासचिव मोहम्मद गुलाम सरवरसँग छलफल गरेकी छिन् ।
होला त १९औं सार्क शिखर सम्मेलन ? १९८५ मा स्थापना भएको सार्क यतिबेला बम्हनालमा छ भन्दा हुन्छ ।
अफगानिस्तानलाई निम्तो नदिने सहमतिले पनि सार्क सम्मेलनबारे प्रश्न उठ्ने बताइन्छ ।
पाकिस्तानले २ महिनाको समय पाए सार्क सम्मेलन गराउन सकिने जानकारी नेपालस्थित राजदूतमार्फत दिइसकेको छ भने भारत मौन रहेको छ । परराष्ट्र मन्त्री भारत भ्रमणमा जाँदैछिन्, यतिबेला उनले भारतलाई सहमत गराउन प्रयास गर्ने भनिदैछ ।