Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यातायात कार्यालयका कम्प्युटर अधिकृत माथि भ्रष्टाचार मुद्दा

३१ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

यातायात कार्यालयका कम्प्युटर अधिकृत माथि भ्रष्टाचार मुद्दा

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, ललितपुरमा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा दर्ता गरेको हो ।

रेग्मीले सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको श्रव्यदृश्य न्यूज २४ को समाचार टोलीले खिचेको थियो । अनुसन्धानको क्रममा उनले सवारी चालक अनुमतिपत्रको विवरण सच्याउन सेवाग्राहीसँग घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिष्टमा पास भएको जनाइएको थियो । तर, इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स दर्ता प्रणालीको परिक्षास्थितिमा निज फेल भएको देखाइएपछि उक्त विवरण सच्याई अद्यावधिक गर्नका लागि रेग्मीले घुस लिएका हुन् ।

उनीउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको हो ।