Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लागुऔषध सहित आठजना पक्राउ

३१ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

लागुऔषध सहित आठजना पक्राउ

काठमाडौँको कोटेश्वरबाट अवैध लागुऔषध ब्राउन सुगरसहित आठजना पक्राउ परेका छन् । शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा ३३.७६ ग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् ।  

काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ पर्नेमा ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी रहेका छन् ।

त्यसैगरी ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक/एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको बताएको छ ।