Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उच्च अदालतका न्यायाधीश रेग्मीको निधन

३१ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

उच्च अदालतका न्यायाधीश रेग्मीको निधन

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको उपचारका क्रममा निधन भएको छ । हिँजो राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

न्यायाधीश रेग्मी ब्रेन ट्युमरका बिरामी रहेको र उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ । ६१ वर्षको उमेरमा स्वर्गीय भएका न्यायाधीश रेग्मीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।

पर्वत स्थायी घर भएका रेग्मी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । न्यायाधीश रेग्मीको परिवारमा श्रीमती र छोरी छन् ।