Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्व स्वास्थ्य संगठनद्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

३१ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

विश्व स्वास्थ्य संगठनद्धारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स)प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । उक्त रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्युदर उच्च रहेको भन्दै डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यसअघि प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा ४ सय ५० जना भन्दा बढीको मृत्यु भएको थियो । अहिले मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरूमा पनि यो प्रकोप फैलिरहेको बताउदै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको हो ।

विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताएका छन् । त्यस्तै यो रोग यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्न सक्ने बताईएको छ ।

यो रोग बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने र यसको लक्षण फ्लू जस्तो हुने, छालामा घाउहरू गराउने भएकाले यो रोग घातक हुने बताईएको छ ।