Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रिय खेलकुद सम्मानका लागि आवेदन माग

३० बुधबार , श्रावण २०८१२ महिना अगाडि

राष्ट्रिय खेलकुद सम्मानका लागि आवेदन माग

सरकारले राष्ट्रिय खेलकुद सम्मानका लागि आवेदन मागेको छ । युवा तथा खेलकुद मन्त्रालयले एक सूचना प्रकाशित गर्दै खेलकुद क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थासँग सम्मानका लागि आवेदन मागेको हो ।

खेलकुदका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, निर्णायक वा रेफ्री, व्यवस्थापक, खेल चिकित्सक, फिजियोथेरापिष्ट, राष्ट्रिय खेलसंघ तथा खेल संस्था र प्रायोजकले दरखास्त दिन सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार उक्त सम्मान कार्यक्रम गर्न लागिएको हो । योग्यता पुगेका इच्छुक व्यक्ति तथा संस्थालाई राष्ट्रिय खेलकुद सम्मान कार्यविधि, २०८० को अनुसूची–१ बमोजिमका कागजातसहित आगामी तीस दिनभित्र आवेदन दिन भनिएको छ ।

कार्यविधिमा भएको व्यवस्थाअनुसार विगत वर्षमा खेलकुद सम्मान प्राप्त गरेकालाई सहभागी नगराइने मन्त्रालयले स्पष्ट पारेको छ ।