Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

३० बुधबार , श्रावण २०८१२ महिना अगाडि

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन

ललितपुरको ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरुले प्रदर्शन गरेका छन् । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरुले आज प्रदर्शन गरेका हुन् ।

काठमाडौंको कोटेश्वर बस्ने २७ वर्षकी खुशी मगरको गत शनिबार पित्त थैलीको उपचारको क्रममा मृत्यु भएको थियो । उपचारमा अस्पतालले गम्भीर लापरबाही गरेको आफन्तहरुको आरोप छ ।

नेपाल मगर संघको नेतृत्वमा मृतकका श्रीमान अनुपम बुढा मगरसहित आफन्तहरुले अपरान्ह साढे १२ बजेदेखि प्लेकार्डसहित मौन रुपमा प्रदर्शन शुरु गरेका हुन् । उनीहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

प्रदर्शनकारीहरुले ‘उपचारमा संलग्न डाक्टरलाई कारबाही गर’, ‘पीडित पक्षलाई क्षतिपूर्तिको उचित व्यवस्था गर’, ‘मृतकका टुहुरा नाबालकको उचित व्यवस्थापन गर’, ‘वार्ताको वातावरण सिर्जना गर’, लगायत लेखिएका प्लेकार्ड बोकेका छन् ।