Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नदी आसपास भवन बनाउदा ४० मिटर छाड्नैपर्ने

३० बुधबार , श्रावण २०८१२ महिना अगाडि

नदी आसपास भवन बनाउदा ४० मिटर छाड्नैपर्ने

राजधानीका नदी आसपासका क्षेत्रमा भवन निर्माण गर्दा अब अनिवार्य ४० मिटर क्षेत्रफल छाड्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्रका नदीको बायाँदायाँ ४० मिटर क्षेत्रफल नछोडी भवन निर्माण गर्न अनुमति नदिने स्पष्ट पारेको छ ।

यसअघि उपत्यकाभित्र नदी किनारदेखि २० मिटरसम्मको दुरीमा भवन निर्माण गर्न पाइने व्यवस्था थियो । तर, सर्वोच्च अदालतको हालसालै सार्वजनिक गत पुस ३ गतेको फैसलाको पूर्णपाठमा थप २० मिटर बढाउन भनिएको छ ।

सोहीअनुरुप महानगरपालिकाले प्रमुखस्तरीय निर्णयबाट नदी आसपासका क्षेत्रमा भवन निर्माण गर्दा अनिवार्य ४० मिटर छोड्नुपर्ने व्यवस्था गरेको हो । ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने,’ महानगरद्धारा जारी सूचनामा उल्लेख छ ।

अटेरी गर्दै भवन निर्माण गरेमा निर्माण कार्य रोक्का गर्ने र कानूनबमोजिम कडा कारबाही गर्ने समेत महानगरको चेतावनी छ । त्यस्तै, महानगरले बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदूषित पानी पठाउने तथा फोहोर फाल्नेजस्ता कार्य नगर्न पनि भनेको छ ।

यस्ता क्षेत्रमा निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन र कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाई भूमिगत जलस्रोत पुनःभरण गरिने जानकारी दिँदै महानगरले उल्लिखित कार्यहरु भए–नभएको नियमित अनुगमन गर्ने र कोही कसैले सूचनाको उल्लंङ्घन गरेको पाइएमा कडा कारबाही गर्ने बताएको छ ।