Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भन्सार छलीका साढे ८ लाख बढीको सामान बरामद

३० बुधबार , श्रावण २०८१२ महिना अगाडि

भन्सार छलीका साढे ८ लाख बढीको सामान बरामद

भन्सार छलेर ल्याउदै गरेको साढे ८ लाख भन्दा बढीको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलेर  भित्र्याइएको उक्त सामान जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको हो ।

भन्सार छलेर ल्याईएको ८ लाख ५८ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद गरिएका सामान मंगलबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिएका छन् ।

बरामद भएका सामानमा लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टसलगायत रहेको बताईएको छ । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ४७ लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो ।

उक्त अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरले ३४ करोड २७ लाख ७८ हजार ३ सय ३३ रुपैयाँ मूल्य बराबरको बिलबिजक नभएका सामान बरामद गरेको थियो ।