Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

३० बुधबार , श्रावण २०८१२ महिना अगाडि

पहिरोले नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध

निरन्तरको वर्षा पछिको पहिरोले चितवनको नारायणगढ-मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको दुई ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।  

पहिरो गएपछि बिहानदेखि मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् । ढुंगासहितको पहिरोले सडक अवरुद्ध भएको बताइएको छ । सडक अवरुद्ध भएपछी यातायातका साधन चलन नसक्दा यात्रुहरु समस्यामा परेका छन् भने अहिले पहिरो खुलाउने प्रयास भइरहेको छ ।

त्यसैगरी पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्ड फेरी अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

आज बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएकोमा बिहान लेदोसहितको पहिरो झरेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।