Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मानव अधिकार पुरस्कारका लागि आवेदन माग

२९ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

मानव अधिकार पुरस्कारका लागि आवेदन माग

सरकारले ‘मानव अधिकार पुरस्कार’ का लागि आवेदन मागेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको उक्त पुरस्कारका लागि योग्य व्यक्ति तथा संस्थासँग आवेदन मागिएको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा योगदान पुर्याएका एक व्यक्ति र एउटा संस्थालाई पुरस्कृष्ट गर्ने जनाएको छ ।

यसका लागि मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई आगामी २१ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा आवेदन पठाउन भनिएको छ ।

मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५ र मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८ बमोजिम योग्य व्यक्तिले निवेदन दिन सक्नेछन् । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयबाट प्राप्त गर्न सकिनेछ ।