Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सडक भासिएपछि यातायात आवागमन बन्द

२९ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

सडक भासिएपछि यातायात आवागमन बन्द

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेमा सडक भासिएपछि यातायात आवागमन बन्द गरिएको छ । वर्षातका कारण गएराति सडक भासिँदा शुरुमा एकतर्फी सञ्चालन गरिएको थियो ।

तर, भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो २ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

सो अवधिभर अति–आवश्यक सवारीसाधनबाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइएको छ । उक्त सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।