Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हेल्लो सरकारको कामलाई प्रभावकारी बनाउन जोड

२९ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

हेल्लो सरकारको कामलाई प्रभावकारी बनाउन जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउन जोड दिएका छन् । प्रधानमन्त्रीले उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउन विषयमा चासो दिंदै उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । साथै, प्रधानमन्त्रीले जनताले सहजरुपमा गुनासो र उजुरी दिन पनि उक्त संयन्त्र जरुरी रहेको बताएका छन् ।

उक्त ‘हेलो सरकार’ संयन्त्र गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम सञ्चालित रहेको र सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएको थिए ।