Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भदौ ४ देखि हिमालय एयरलाइन्सले कुवेतमा उडान गर्ने

२९ मंगलबार , श्रावण २०८१२ महिना अगाडि

भदौ ४ देखि हिमालय एयरलाइन्सले कुवेतमा उडान गर्ने

यहि आउदो भदौ ४ गतेदेखि हिमालय एयरलाइन्सले कुवेतमा सिधा उडान पुनःसुरु गर्ने भएको छ । कुवेतमा रहेका नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो ।

यसअघि सन् २०२२ को १५ जुलाईमा एयरलाइन्सले कुवेतमा उडान भर्न सुरु गरेको थियो तर बीचमा प्राविधिक कारण देखाई उडान स्थगन गरेको थियो । काठमाडौँ–कुवेत–काठमाडौँमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ ।

उडान पुनःसुरु गर्नका लागि एयरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेका बताइएको छ । सुरुआतमा, एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

काठमाडौँ–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा हुने एयरलाइन्सले जानकारी दिएको छ ।