Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता

२८ सोमबार , श्रावण २०८१२ महिना अगाडि

खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता

धरान उपमहानगरपालिकाले वृद्धि गरेको खानेपानी महसुल फिर्ता लिने निर्णय गरेको छ । १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

उपमहानगरपालिकामा १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच आईतबार राती भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको बताईएको छ । 
तत्काल खानेपानी महसुलमा गरिएको वृद्धिलाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको हो ।

उक्त वार्ताको सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएको र वार्तामा भएको सहमति पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने तयारी रहेको बताईएको छ । आइतबार दिउँसोदेखि सुरु भएको वार्ता राति अबरेसम्म चलेको थियो ।