Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लगानी बोर्डलाई अधिकृत आवस्यक

२८ सोमबार , श्रावण २०८१२ बर्ष अगाडि

लगानी बोर्डलाई अधिकृत आवस्यक

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकलाई आगामी पन्ध्र दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

उम्मेदवारको न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग वा विकाससम्बन्धी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवदर््न, विकास प्रशासन, बैंकिङ्ग, वित्तिय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्नेछ ।

त्यस्तै, उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । विदेशी राष्ट्रको स्थायी अनुमतिपत्र नलिएको र सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (४) बमोजिम तथा अन्य प्रचलित कानूनले अयोग्य नभएको स्वघोषणा पनि गरिनुपर्छ ।

उम्मेदवारले आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणको प्रतिलिपि, व्यवसायिक कार्ययोजना तथा हालसालै खिचेको फोटो पनि बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सामाजिक तथा भौतिक पूर्वाधार विकास महाशाखामा निवेदन पेश गर्नुपर्ने जनाइएको छ ।