Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पहिरोले बैतडीमा दुई घर भत्कियो

२८ सोमबार , श्रावण २०८१२ महिना अगाडि

पहिरोले बैतडीमा दुई घर भत्कियो

अविरल वर्षासँगै खसेको पहिरोले बैतडी जिल्लाको डिलासैनी गाउँपालिका​-३ दौंखोलामा दुई घर भत्किएको छ । घरको मुनिबाट पहिरो खसेपछि पहिरोले स्थानीय अम्मर बोहराका दुई घर भत्किएको हो ।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार बोहराको चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर भत्किएको बताईएको छ । घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन् ।

उक्त पहिरोमा परि घर भत्किदा १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । सोहि स्थानमा पहिरोका कारण स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका जनाइएको छ भने ​पहिराकै कारण स्थानीय ५ जनाको मकैबालीमा समेत क्षति पुगेकेो बताइएको छ ।

उक्त घटना भएसंगै गाउँपालिका अध्यक्ष सन्तोष जोशीले पिडितलाई राहत तथा पुन:स्थापनाका काममा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।