Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विहारको मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु

२८ सोमबार , श्रावण २०८१२ महिना अगाडि

विहारको मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु

भारतको विहारस्थित जेहानाबाद जिल्लाको बाबा सिद्धान्त मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ । मन्दिरमा कांवड़ियाहरू बीच केही विवाद भएर झडप भएपछी भागदौड मच्चिएको थियो ।

उक्त भागदौडमा परि १६ जना घाइते भएको बताईएको छ । झडप नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्दा भागदौड मच्चिएको भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन् ।

प्रहरीले भने लामो लाइनसहितको भीडमा धक्कामुक्की हुँदा मन्दिरको रेलिङ भाँचिएको र मानिसहरू च्यापिएको जनाएको छ । ​अहिले मन्दिरको सुरक्षामा खटिएको प्रहरी र स्वयम् सेवकहरुले उद्धारको काम थालेका छन् ।