Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साउने सोमबारको व्रत आजबाट विधिपूर्वक समाप्त

२८ सोमबार , श्रावण २०८१२ महिना अगाडि

साउने सोमबारको व्रत आजबाट विधिपूर्वक समाप्त

हिन्दु धर्मावलम्बीहरुले साउन महिनाको सोमबार लिने व्रत आजबाट विधिपूर्वक समाप्त हुँदैछ । साउन महिनाको सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका धर्मावलम्बीहरुले आज विधिपूर्वक व्रत समाप्त गर्न लागेका हुन् ।  

आज महिनाको अन्तिम सोमबार भएकाले काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको भिड लागेको छ । साउन महिनाको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका कर्म गर्ने गर्दछन ।

त्यस्तै आज बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो लागेको छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि पशुपतिमा घुइँचो लागेको देखिन्छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको बताइएको छ । शिवालयहरुमा साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको हो ।