Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सत्ता गुम्यो, पार्टी अध्यक्षमा संकट

२८ सोमबार , श्रावण २०८१२ महिना अगाडि

सत्ता गुम्यो, पार्टी अध्यक्षमा संकट

१८ वर्षमा अधिकांश समय सत्ताको सुखभोग गरेका नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सत्ताबाट बाहिरिएसँगै ३५ वर्षको पार्टी अध्यक्ष पद समेत धरापमा परेको छ ।
बैद्य, विप्लव, बाबुराम भट्टराई, रामबहादुर थापालगायतका अधिकांश जनयुद्धकालीन साथीहरुबाट टाढा भइसकेका प्रचण्ड परिवारवादमा रमाउँदा रमाउँदै अर्का लडाका नेता जनार्दन शर्माको धरापमा फसेका छन् ।
नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न उनले दबाब बनाएका बढाएका छन् । सर्वोच्च नेता बनेर बस्न सुझाएका छन् ।
भनिन्छ, प्रचण्ड अध्यक्ष पद त्याग्न तैयार छैनन् ।
माओवादीको स्थायी कमिटी बैठक चलिरहेको छ । प्रचण्डले सम्मानजनक बहिर्गमन रोज्लान् कि जनार्दन शर्मालाई पनि पन्छाउलान्, भन्न सकिदैन । शर्माले सत्ता र शान्ति सम्झौता सबैतिर असफल भएको र पार्टी निर्माण जरुरी भएको बताएका छन् ।
प्रचण्डमा सबै निर्णय छाडिएको छ । कार्यकर्ता, पुस्तान्तरण, महाधिवेशन प्रचण्डले कुन विकल्प रोज्लान् ? प्रचण्डका सामु अक्सर कार्यकर्ता नेता बोल्दैनन् । शर्माले सबैको प्रतिनिधित्व गरेर मुख खोलिदिएका छन् । ०७८ मा महाधिवेशन भएको थियो, प्रचण्ड माओवादीका ३५ वर्षदेखिका अध्यक्ष हुन् । सधैं प्रचण्डका साथ लागेका जनार्दन यसपटक भने उग्र रुपमा प्रस्तुत भएका छन् ।
०७२ मा बाबुरामले पार्टी छाडेका थिए, अब जनार्दनको पालो हो त ?
०६४ को चुनावमा १२० सिट जितेको माओवादी यतिबेला ३२ मा झरेको छ । माओवादी पार्टी खुम्चदै गएको छ । प्रचण्ड नै अध्यक्ष रहे भने यो पार्टी अझ खुम्चने विश्लेषण भइरहेको छ ।
विषयान्तर गर्न प्रचण्डले आफूमाथि अमेरिका र भारतले षडयन्त्र गरेको र सत्ताबाट बिमुख हुनुपरेको दोष लगाएका छन् । अब हेर्नुछ, प्रचण्ड पार्टी नेतृत्व छाड्छन् वक छाड्दैनन् ?